नेपाली त्यो हो जो। जसले। जसलाईः - अरू थोक जतिसुकै खाए पनि भात नखाएसम्म पेट भरिएको ठान्दैन र भातै नखाई छाड्दैन। तर कसैले भाते भनेमा त्यसलाई गाली ठान्छ र रिसाउँछ। - गुन्द्रुकलाई राष्ट्रिय खाना र सेलरोटीलाई श्रेष्ठ परिकार ठान्छ। - रेस्टुराँमा खानाको मेनु जति हेरे पनि मोमो नै माग्छ। खुबै मागे चाउमिन या फ्राइड राइससम्म माग्छ। - रक्सी खानलाई सितन चिकन-चिली नै चाहिन्छ। - चाडवाडमा रक्सी खाएर मात्नै पर्छ र दशैँ-तिहारमा तास खेल्नै पर्छ। - खाने तरकारीमा प्याज र गोलभेंडा हाल्नै पर्छ। - कसैसित भेट हुँदा खाना खानुभयो? भनेर सोध्नै पर्छ। - चप्पल या जुत्ता उल्टो देखेमा त्यसलाई सुल्टो पार्नै पार्छ। - राति नङ काट्दैन, काटेमा आमा या बज्यैको गाली खान्छ। - घरभित्र सुसेली हाल्दैन, हाले ठूलाको खप्की खान्छ। - जति पटक हातले घाँटी छुन्छ त्यति नै पटक हात फुक्छ। - जुनसुकै ठाउँमा धक नमानी कान या नाक कोट्याउँछ। - कुनै चीजलाई इङ्गित गर्नु पर्दा 'ंठ चुच्चो पारेर देखाउँछ। - न्वारानदेखिको बल लगाएर खकार झ्िक्छ र उत्तिकै जोडले खकार्छ। - आफूभन्दा पाको व्यक्तिलाई नचिनेको भए पनि अङ्कल या आन्टी भन्छ या भन्न सिकाउँछ। - हिन्दी भाषा बोल्न जानेको छु भनी स्वीकार्न लाज मान्छ। - हिन्दी फिल्म हेर्न खुब रूचाउँछ, तर हेर्दिनँ भन्छ। - क्रिकेट म्याचमा मुखले अष्ट्रेलिया वा पाकिस्तानले जितोस् भने पनि मनले टिम-इण्डियाको समर्थन गर्छ। - सिगरेट मुखमा च्यापेर मोटरसाइकल चलाउँछ। - गणित, नेपाली, विज्ञान, स्वास्थ्य जे विषयमा स्नातक गरे पनि सोसोलोजीमा एम.ए. गर्दैछु भन्छ। - लाइन पर्खिनु अपमान ठान्छ र कुनै सुरतले लाइन तोड्ने उपाय खोज्छ। त्यसो गर्न सकेमा आफूलाई सुरो ठान्छ।
माथिका सबै गुण सबैमा हुनैपर्छ भन्ने छैन। यिनमध्ये कुनै या केही गुण मात्र भए पनि त्यस्तो मानिसलाई पक्का नेपाली मान्न सकिन्छ।
वास्तवमा यी बटुलबाटुल पारेर यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको हो, जसमा इन्टरनेटको निकै ठूलो हात छ। यो धेरै नेपाली मगजको उपज हो। बरू यसमा छुटेका कुरा थप्न सघाउने कोही हुनुहुन्छ कि?
hw r u.........